close

बाइकको पछाडि बसेर टिकटक बनाउने क्रममा लडेर मृत्यु

बाइकको पछाडि बसेर टिकटक बनाउने क्रममा लडेर मृत्यु

Trulli
ADVERTISEMENT

दाङ । टिकटक बनाउने क्रममा लडेर दाङमा एक युवकको मृत्यु भएको छ । शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेको भिरमा टिकटक बनाउने क्रममा ३४ वर्षीय नवीन केसीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा रा ५ छ ७२३८ नम्बरको मोटरसाइकलबाट भीरमा झर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनलाई रातिनै उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । तर उनलाई अस्पताल अस्पतालले मृतक घोषणा गरेको थियो ।

उनी सवार मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।