close

काठमाडौं महानगरभित्रका भवनको नक्सा पास गर्न ९० दिनको समय सीमा

काठमाडौं महानगरभित्रका भवनको नक्सा पास गर्न ९० दिनको समय सीमा

Trulli
ADVERTISEMENT

काठमाडौं । अनधिकृत संरचना हटाउन तदारुकता देखाएको काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनको नक्सा ९० दिनभित्र पास गर्न सरोकारवालाहरूलाई निर्देशन दिएको छ । 

बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले नक्सा पास नगरी बनाइएका भवनको नक्सा ९० दिनभित्र पेस गर्न निर्देशन दिएको हो । 

काठमाडौं महानगरपालिका नगरसभाको ११औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनलाई एक वर्षभित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ भन्ने नीति समेत उल्लेखित भई पारित भएकाले सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ। 

तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।