close

चाँगुनारायणले अनाथ बालबालिकाको अभिभावकत्व लिने

चाँगुनारायणले अनाथ बालबालिकाको अभिभावकत्व लिने

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिने भएको छ । बाबुआमाविहीन बालबालिका संरक्षण कार्यक्रमअन्तर्गत नगरपालिकाले उनीहरूको अभिभावकत्व लिन लागेको हो । 

नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुनका लागि स्थानीय बासिन्दालाई अनुरोध गरेको छ । नगरपालिकाभित्र बाबुआमा दुवैको मृत्यु भएका वा बेपत्ता भएका १८ वर्ष पूरा नगरेका बालबालिका लागि मासिक भत्ता उपलब्ध गराइने सो सूचनामा उल्लेख गरिएको छ । 

बालबालिका स्वयम वा निजको संरक्षकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने सो सूचनामा उल्लेख गरिएको छ । 

अभिभाभावक विहीन बालबालिकालाई मासिक २ हजार रुपैयाँ वितरण गर्दै आएको पालिकाले जनाएको छ । प्रशासन शाखाका अनुसार पालिकाले विगत दुई वर्षदेखि अभिभावकविहीन बालबालिकालाई मासिक भत्ता वितरण गर्दै आएको छ । नयाँ दर्ता तथा पुरानो नविकरणका लागि नगरपालिकाले सूचना प्रकाशित गरेको जनाएको छ ।