close

रासायनिक मलको मूल्यवृद्धि

रासायनिक मलको मूल्यवृद्धि

Trulli
ADVERTISEMENT

काभ्रे । पनौती नगरपालिकाले रासायनिक मलको मूल्य वृद्धि गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मलको मूल्यवृद्धि गरिएको जनाएको हो । 

स्थानीय तह रासायनिक मल वितरण व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले रासायनिक मलको मूल्यवृद्धि निर्णय गरेको हो । अनुदानको रासायनिक मल निर्देशिका २०७७ बमोजिम रासायनिक मलको मूल्यबृद्धि गरिएको पालिकाद्वारा जारी सूचनामा उल्लेख छ । 

आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भई रासायनिक मल बिक्री गर्दै आएको सहकारी संस्था तथा कृषि समूहलाई पालिकाले निर्धारण गरेको मूल्यको आधारमा मल बिक्री गर्न नगरपालिकाले अनुरोध गरेको छ । 

सूचना अनुसार क्रमश: युरिया मलको २३ रुपैयाँ, पोटास र डिएपी मलको  २४ रुपैयाँ मूल्यवृद्धि गरिएको हो । नयाँ मूल्यसूची अनुसार हाल क्रमश: प्रतिबोरा युरियाको ९२०, पोटासको १७७० र डिएपीको २३७० रुपैयाँ कायम भएको छ ।