close

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

Trulli
ADVERTISEMENT

चितवन । बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । माडी नगरपालिका–२ स्थित मध्यवर्ती सामूदायिक वन अमलियामा शनिबार भैँसी चराउन गएका स्थानीय ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

बाघले खाएको अवस्थामा अधिकारीको शवलाई प्रहरीले आज बिहान साढे ८ बजे जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

हिजोदेखि घर नफर्किएका उनको खोजी गर्ने क्रममा टोपी, चप्पल र उनले बोकेको छाता जंगलमा फेला परेको र बाटोमा रगतको टाटो समेत देखिएपछि खोजी गर्ने क्रममा बाघले खाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।