close

कैलाश गाउँपालिकाका सुत्केरीलाई थप दुई हजार भत्ता

कैलाश गाउँपालिकाका सुत्केरीलाई थप दुई हजार भत्ता

Trulli
ADVERTISEMENT

हेटौडा । कैलाश गाउँपालिकाले १०० दिनको उपलब्धि सार्वजिनक गरेको छ ।

शुक्रबार पालिकामा आयोजित कार्यक्रममा अध्यक्ष लोकबहादुर मोक्तानले १०० दिनको अवधिमा भएका प्रगति विवरण सार्वजनिक गरेका हुन् । 

पालिकाले ५०० घरपरिवारको स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुने सम्पूर्ण महिलाहरूलाई नेपाल सरकारले नियमानुसार दिने सुविधाको अतिरिक्त थप २ हजार रूपैंया पोषण भत्ता व्यवस्था गरिएको छ । 

त्यस्तै हरेक वडाबाट २ जनाका दरले २० जना विद्यार्थीलाई जेटीए पढाउन सुरु गरिएको छ । यसैगरी सुत्केरीलाई अस्पतालसम्म पुर्‍याउन नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । साथै महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई थप ३०० रूपैंया मासिक रुपमा व्यवस्था गरिएको छ ।