close

आधुनिक उपकरणका कारण किसान व्यावसायिक उत्पादनमा

आधुनिक उपकरणका कारण किसान व्यावसायिक उत्पादनमा

Trulli
ADVERTISEMENT

धनकुटा । आधुनिक उपकरण प्रयोग हुन थालेपछि धनकुटाका किसान व्यावसायिक उत्पादनतर्फ लागेका छन् । 

धनकुटा नगरपालिका र पर्डेप नेपालको लगानीमा निर्माण गरिएको परियोजनाले कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएपछि किसान व्यावसायिक उत्पादनतर्फ लागेका हुन् । 

सामान्य रुपमा पुर्ख्यौली तरिकाले निर्वाहमुखी खेती गर्दै आएका धनकुटाका किसान आधुनिक उपकरण प्रयोग गर्दै कृषि उत्पादनमा लागेका हुन् । 

आधुनिक उपकरणको प्रयोगले कृषि उत्पादन बढ्ने र बजारीकरण गर्नसमेत सहज हुने कृषकको अपेक्षा छ । धनकुटा नगरपालिका र परियोजनाले एकघर एक टनेल निर्माण गरेको छ । 

यस्तै, समूह गठन गरी चार अर्ग्यानिक तरकारी संकलन केन्द्र, आठ तरकारी उत्पादन केन्द्र र विरुवा उत्पादनका लागि एक नर्सरी निर्माण गरेको छ । 

कृषकले उत्पादन गरेको दूध, तरकारी बजारसम्म पुर्‍याउन तीन ट्याम्पो हस्तान्तरण गरेको छ । आधुनिक उपकरण प्रयोग गर्दा समयको बचतसँगै उत्पादन बढेको किसान लाखमान तामाङले बताए । 

युएनडिपीको एक करोड २९ लाख अनुदान र धनकुटा नगरपालिकाको ५० प्रतिशत लागतमा सञ्चालित कार्यक्रम धनकुटा नगरपालिकाको १, २, ३ र १० नम्बर वडामा सञ्चालन भएको छ । 

गत साउन महिनाबाट सञ्चालनमा आएको कार्यक्रम आगामी वैशाखसम्म सञ्चालन हुने पर्डेप नेपाल धनकुटाका कार्यक्रम निर्देशक मीनप्रसाद सुवेदीले जानकारी दिए । 

परियोजना सञ्चालन भएका वडामा केही किसानलाई बङ्गुर पालनको लागि समेत अनुदान दिइएको छ । परियोजनाले चार वडाका एक हजार घर परिवार लाभान्वित भएका छन् ।