close

कमलामाईमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान

कमलामाईमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान

Trulli
ADVERTISEMENT

सिन्धुली । डेङ्गुको सङ्क्रमण तीव्रगतिमा फैलिएपछि कमलामाई नगरपालिको लमखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा ल्याएको छ । कमलामाई नगरपालिकामा ७४ जना डेङ्गु सङ्क्रमित फेला परेपछि नगरपालिकाले नष्ट गर्न थालेको हो । 

नगर स्वास्थ्य शाखामार्फत डेङ्गु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने टोली परिचालन गरिएको नगरप्रमुख उप्रेन्द्रकुमार पोखरेल जानकारी दिए । उनका अनुसार मङ्गलबारदेखि नगरका स्वास्थ्य शाखाका कर्मचारी र नगर स्वास्थ्य स्वयंसेविकाको टोली लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काममा परिचालित भएका हुन् । स्वास्थ्य कार्यालयको समन्वयमा डेङ्गु रोग नियन्त्रणका लागि स्प्रे छर्किने तयारी भएको उनले बताए । 

डेङ्गु भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताललगायत पालिकाका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्तरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाएका छन् । 
चिकित्सकका अनुसार डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।