close

कागेश्वरीले छुटेका विपन्नवर्गको विवरण संकलन गर्ने

कागेश्वरीले छुटेका विपन्नवर्गको विवरण संकलन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले गरिवी निवारण पहिचान कार्यक्रममा छुट भएका स्थानीयलाई वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पहिचान तथ्यांक संकलनमा छुट भएका स्थानीयलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो । 

सूचना अनुसार पालिकाले वडागत रुपमा गणकको व्यवस्था गरी गरिबी निवारण पहिचानको लागि तथ्यांक संकलन गरिएको थियो । तर विभिन्न कारणले केही स्थानीय तथ्यांक संकलनमा छुट भएको गुनासो आएसँगै सो सूचना जारी गरेको पालिकाले जनाएको छ । 

विवरण संकलन गर्न छुटेका स्थानीयले असोज ४ गतेसम्म आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत गरिब परिवार पहिचान कार्यक्रम सञ्चालन हुँदै आएको छ ।