close

अवैध रकम संकलन नगर्न गोदावरी नपाको  निर्देशन

अवैध रकम संकलन नगर्न गोदावरी नपाको  निर्देशन

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले अवैध रकम संकलनको कार्य बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले बुधबार सूचना जारी गर्दै अवैध रकम संकलन बन्द गर्न निर्देशन दिएको हो । 

नगर क्षेत्रभित्र विभिन्न संघ संस्था, क्लब, सामुदायिक वन उपभोक्ता समितिले अवैध रुपमा स्थानीयसँग रकम संकलन गर्दै आएको गुनासो बढेपछि पालिकाले सूचना जारी गरेको हो । गैरकानुनी रुपमा रकम संकलन कार्य तत्काल बन्द नगरे कानुनी कारबाही गर्ने नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले बताए ।