close

उद्यमीलाई प्रविधि तथा बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने

उद्यमीलाई प्रविधि तथा बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने

Trulli
ADVERTISEMENT

ललितपुर । महालक्ष्मी नगरपालिकाले उद्यमी बन्न चाहने स्थानीयलाई सूचीकृत हुन अनुरोध गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै नगरप्रमुख युवा उद्यमशील कार्यक्रममा सहभागी हुन चाहनेलाई सूचीकृत हुन अनुरोध गरेको हो । 

नगरपालिकाले सूचना प्रकासित भएको १५ दिनभित्र नगरपालिकाको श्रम तथा रोजगार शाखामा आवश्यक कागजातसहित सूचीकृत हुन आग्रह गरेको हो । 

नगरपालिकाले लक्षित वर्गको व्यावसायिक प्रस्तावका आधारमा उद्यमशीलता विकास कोषमार्फत बीऊ पुँजी तथा कर्जा सहजीकरण र प्रविधि हस्तान्तरण तथा बजारीकरणमा सहयोग गर्ने जनाएको छ । उक्त सहयोग कार्यक्रम चालू आर्थिक वर्ष २०७९/०८० मा स्वीकृत बमोजिम कार्यान्वयनमा आएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन चाहने बासिन्दाले उद्यमी बन्न चाहेको व्यवसायको खुलेको निवेदन, नागरिकताको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाण-पत्र र प्यान दर्ता प्रमाण-पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र सीपमूलक तालिमको प्रमाण-पत्रको प्रतिलिपि पेस गर्न आग्रह गरेको हो ।