close

काठमाडौंका सार्वजनिक स्थानमा धुमपान गर्नेलाई कारबाही

काठमाडौंका सार्वजनिक स्थानमा धुमपान गर्नेलाई कारबाही

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा असोज १ गेदेखि धुमपान निषेध गर्ने भएको छ । 

महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्पा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाउने जनाएको हो । 

सार्वजनिक स्थललाई धुमपानमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले अनुरोधसमेत गरेको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले सूचना जारी गरिएको भन्दै अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइनेसमेत सूचनामा उल्लेख छ ।