close

टोल विकास समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण

टोल विकास समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण

Trulli
ADVERTISEMENT

चितवन । खैरहनी नगरपालिकाले टोल विकास संस्थाका पदाधिकारीहरूलाई अभिमुखीकरण दिएको छ । खैरहनी नगरपालिका वडा नम्बर १ देखि ५ सम्मका ३४ वटा टोल विकास संस्थामा हालसालै आएका नयाँ अध्यक्ष तथा सचिवहरुलाई अभिमुखीकरण दिइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार कार्यक्रममा टोल विकास संस्थाको गठन , संचालन , व्यवस्थापन तथा पदाधिकारीहरुको काम ,कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण दिइएको छ । त्यस्तै वातावरण तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी र कृषिसम्बन्धी बिषयमा पनि प्रशिक्षण दिइएको छ । 

अभिमूखिकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले टोलमा हुने विकास निर्माणको काममा टोल विकासका पदाधिकारीले निगरानी गर्नुपर्ने र टोलभित्र सरसफाई कार्यक्रम संचालनलगायत काम गर्नुपर्ने बताए ।