close

पोखरा महानगरपालिकामा 'रोजगार बैंक'

पोखरा महानगरपालिकामा 'रोजगार बैंक'

Trulli
ADVERTISEMENT

कास्की । बेरोजगरी समस्या निराकरणका लागि पोखरा महानगरपालिकाले रोजगार बैंक स्थापना गर्ने भएको छ । 

नगरपालिकाको भदौ २६ गते बसेको कार्यपालिकाको बैठकले रोजगार बैंक स्थापना गर्ने निर्णय गरेको हो । महानगरले सूचना जारी गर्दै सबै उमेर पुगेका बेरोजगार युवालाई बैंकमा आवद्ध हुन आग्रह गरेको छ । 

महानगरपालिकाले असोज १ गतेभित्र १८ वर्ष पूरा गरेका बेरोजगारले सम्बन्धित वडामा निवेदन दिन आग्रह गरेको हो । महानगरले उनीहरूलाई स्वरोजगार बनाउन र बेरोजगारी समस्या न्यूनीकरण गर्ने योजनाअन्तर्गत रोजगार बैंकको स्थापना गरेको जनाएको छ । 

महानगरले रोजगार बैंकमा आवद्ध हुन वार्षिक पारिवारिक आम्दानी, तालिम लिएको भए प्रमाण-पत्र, शैक्षिक योग्यता र नागरिकताको प्रतिलिपीसहित निवेदन दिन आग्रह गरेको हो ।