close

काठमाडौं महानगरले नयाँ बानेश्वरमा चलायो डोजर

काठमाडौं महानगरले नयाँ बानेश्वरमा चलायो डोजर

Trulli
ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाएको छ । शुक्रबार दिउँसो महानगरले डोजर चलाएर नयाँ बानेश्वर चोकमा सडक सीमा मिचेर बनेका संरचना र पसल हटाएको हो । 

१५ दिन अगाडि यस क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको तर, अटेर गरेपछि आज डोजर चलाएर भत्काइएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए । 

पछिल्लोसमय महानगरले बेसमेन्टको प्रयोजन, फुटपाथ व्यवस्थापन, अनधिकृत पार्किङलगायत क्षेत्रको नियमित अनुगमन गरिरहेको छ भने अनधिकृत संरचनालाई हटाउँदै आएको छ ।