close

अतिक्रमित संरचना हटाउन निर्देशन, ३५ दिनभित्र नहटाए नगरपालिका आफैं हटाउने

अतिक्रमित संरचना हटाउन निर्देशन, ३५ दिनभित्र नहटाए नगरपालिका आफैं हटाउने

Trulli
ADVERTISEMENT

तनहुँ । शुक्लागण्डकी नगरपालिकाले अवैध संरचना हटाउन ३५ दिनको समय सीमा दिएको छ । 

सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउन सूचना प्रकाशन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार सार्वजनिक भवन, सम्पदा र भौतिक पूर्वाधारको संरक्षण तथा सुरक्षाको जिम्मेवारी नगरपालिकाको हुने भन्ने प्रावधान भएकाले अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिनको सूचना जारी गरिएको हो ।

साथै क्षेत्राधिकारभित्र सञ्चालित ठेलागाडा तथा घुम्ती सवारी साधन हटाउनसमेत नगरपालिकाले आग्रह गरेको छ ।