close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूरवानुमान महमशाखाले जनाएको छ ।

अहिले (मंगलबार बिहान) प्रदेश १, मधेश र बागमती प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा  मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।