close

गोठाटारमा गोली हानी गार्मेन्ट सञ्चालकको हत्या

गोठाटारमा गोली हानी गार्मेन्ट सञ्चालकको हत्या

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको गोठाटारमा एक गार्मेन्ट सन्चालक लाल मोहमम्द दर्जीको गोली हानी हत्या भएको छ ।

घर अगाडि गाडीबाट ओर्लने क्रममा सोमबार साँझ साढे ६ बजे मोहमम्दलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेर भागेका थिए ।

महोम्मदको  उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

उनको टाउको र तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल बरामद गरेको छ । 

पल्सर मोटरसाइकलमा आएका (मधेसी मूलका देखिने) दुई जनाले गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्नको खोजी भइरहेको छ । 

सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदले गार्मेन्ट व्यवसाय गर्दै आएका थिए ।