close

वकैया गाउँपालिकामा चट्याङ लागेर एकको मृत्यु

वकैया गाउँपालिकामा चट्याङ लागेर एकको मृत्यु

Trulli
ADVERTISEMENT

हेटौंडा । मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरमा बसिरहेको बेला चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए ।