close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले (बुधबार बिहान) बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली भइ एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । 

प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको महाशाखाले जनाएको छ ।