close

आजदेखि बिनाअनुमति डिजिटल बोर्ड नराख्नू : काठमाडौं महानगर

आजदेखि बिनाअनुमति डिजिटल बोर्ड नराख्नू : काठमाडौं महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमतिबिना डिजिटल बोर्ड नराख्न निर्देशन दिएको छ । महानगरपालिकाले  बुधबार सूचना जारी गर्दै बिनाअनुमति डिजिटल बोर्डामा विज्ञापन नराख्न निर्देशन दिएको छ । 

नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए बल प्रयोग गरेर  हटाइने चेतावनीसमेत दिएको छ । ‘असोज ५ गतेबाट अनुमतिबिना बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।  

गत भदौ ३० गते उच्च अदालत पाटनले दिएको आदेशका आधारमा आजैका मिति (२०७९ साल असोज ५ गते) बाट बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन भनेको छ।