close

खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

Trulli
ADVERTISEMENT

बर्दिया । बासगढी नगरपालिका-९ माछागढका दुई बालकको नुहाउने क्रममा डुबेर ज्यान गएको छ । 

शव ग्यांग खोलामा शुक्रबार बिहान  मृत अवस्थामा दुजैजनाको फेला परेका  प्रहरीले जनाएको छ । अबेरसम्म घर नआएपछि राति १० बजे पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाले बिहान खोजी गर्ने क्रममा ग्यांग खोलामा ९ वर्षीय विकल्प विक र ७ वर्षीय रोशन खत्रीको शव फेला पारेको हो । यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।