close

विकासको लागि प्रतिनिधि र जनप्रतिनिधिमा एकरूपता आवश्यक

विकासको लागि प्रतिनिधि र जनप्रतिनिधिमा एकरूपता आवश्यक

Trulli
ADVERTISEMENT

काठमाडौं । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले कर्मचारीमा जुन गुण हुनुपर्ने ती गुण नभएको बताएका छन् ।पालिका खबरसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । 

‘कर्मचारीमा हुनुपर्ने गुण कर्मचारी परिवर्तन भएको छैन । हाम्रो कर्मचारी हामीभन्दा शिक्षित नागरिक हो । जनता त विकास गर्ने प्रतिनिधिको विश्वास गर्छ । कर्मचारी पनि त्यस्तै हुन्,’ उनले भने, ‘तर विचार र सोच मिल्नुपर्छ । कर्मचारीले हामीलाई सहयोग गर्दै आउनु भएको छ । विकासको लागि प्रतिनिधि र जनप्रतिनिधि एकरूपता भएर जानुपर्ने भएकाले उहाँहरूलाई अनुरोध पनि गरेका छौँ । उहाँहरू पनि सकरात्मक हुनुहुन्छ ।’

सरकारको मापदण्डभन्दा धेरै करार कर्मचारी र शिक्षक रहेको भन्दै उनले शिक्षक र विद्यालयसँग समन्वय तथा सल्लाह गरी करार कर्मचारीको व्यवस्थापन गर्ने बताए । 

‘कर्मचारीको कार्य सम्पादनले नै पालिकाको प्रशासनिक कार्य हुन्छ । आवश्यक परेको बेला कर्मचारी र कर्मचारीको आवश्यकतामा हामीले सचेत बनाउँदै आएका छौँ,’ उनले भने । 

पशुलाई सुत्केरी भत्ताको व्यवस्था गरेको बताउँदै उनले पशुहरूको पौष्टिक आहार र गोठ सुधार कार्यक्रमका लागि रकमको व्यवस्था गरेको बताए । 

सय दिनका कामलाई लिएर आफू सन्तुष्ट भएको उनले बताए । ‘ सय दिनको कामलाई लिएर म आफैँ सन्तुष्ट छु,’ उनले भने, ‘जनतालाई झुकाउने प्रचार र आश्वासन दिएका छैनौँ ।’ सिँचाइ र स्वास्थ्यमा पनि परिवर्तन गर्ने योजना रहेको उनले बताए ।