close

पाल्पाको निस्दीका २२ घर पहिरोको जोखिममा

पाल्पाको निस्दीका २२ घर पहिरोको जोखिममा

Trulli
ADVERTISEMENT

पाल्पा । लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको क्याङरुङ गाउँ पहिरोले उच्च जोखिममा परेको छ । यहाँका करिब २२ घरमा पहिरोले जोखिम बढाएको छ । गत शनिबार बिहान पहिरो खस्दा क्याङरुङको डाँडाथर टोल जोखिम परेको हो ।  

पहिरोका कारण विस्थापित परिवारलाई तत्कालका लागि छिमेकीको घरमा सारिएको  छ । पहिरोपीडितलाई पालिकाले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी गरिरहेको वडाध्यक्ष नवीन्द्र थापाले बताए । उनका अनुसार तत्कालका लागि घरमा राखिएका अन्नपात र गाईवस्तुलाई ओत लाग्न त्रिपाल वितरण गरिएको छ । 

बसोबासका लागि गाउँ नै जोखिम बनेको स्थानीय गोकबहादुर सोती गुनासो गर्छन् । उनले भने, “तत्कालका लागि मानवीय र घरमा क्षति नदेखिए पनि कतिबेला घर पहिरोले लैजान्छ भन्ने निश्चित छैन, गाउँ नै पूरै जोखिममा छ, यसपटक वर्षाले ठूलै पहिरो खसेपछि गाउँका स्थानीयमा त्रास बढेको छ ।” 

यहाँ रहेको लक्ष्मी माविमा पनि जोखिम पुर्‍याएको प्रधानाध्यापक पदमबहादुर थापाले बताए । निस्दी–४  मित्यालको एक विद्यालय र दुई  घरमा पनि ठूलो क्षति पुगेको  छ । वर्षाले खोपलाकका दुई घर भत्केको छ । माथिबाट खसेको पहिरोले जनकल्याण आधारभूत विद्यालय भवनमा ठूलो क्षति पुगेको धनबहादुर ठाडाले बताए ।