close

ज्यान जोखिममा राखेर फड्के तर्न बाध्य छन् स्थानीय

ज्यान जोखिममा राखेर फड्के तर्न बाध्य छन् स्थानीय

Trulli
ADVERTISEMENT

नवलपरासी । समयमा पुल निमार्ण नभएपछि गैडाकोट नगरपालिका-३ का स्थानीय जोखिम मोलेर तरङ्ग खोलामाथि बनेको फड्के तर्न बाध्य छन् । 

गैडाकोट नगरपालिका-३ स्थित तरङ्ग खोलामा निर्माणाधिन पुल समयमा नबन्दा जोखिम मोलेर स्थानीय आवतजावत गर्न बाध्य भएका हुन् ।

अत्यधिक वर्षाका कारण खोला बढेर तर्न नसकेकाले अस्थायी पुलको प्रयोग गर्नु परेको वडा नं ३ का वडाध्यक्ष शिव तिवारी बताउँछन् । ‘अन्य समयमा खोला तरेर नै आवतजावत गर्न सकिन्छ तर, निरन्तरको बाढीले खोला बढ्यो ।’ पालिकाखबरसँग उनले भने ।  खोलामा पुल निर्माणको काम भइरहे पनि सम्पन्न भएको छैन । 

यता खोलाको पुल बनाउन थालेको दुई वर्ष भयो । कालिगण्डकी कोरिडोर योजनाअन्तर्गत उक्त पुल बन्दै गरेको वडाध्यक्ष तिवारीले बताए । पुलको निर्माण कार्य नगरपालिकाको क्षेत्रभन्दा बाहिर रहेकाले पुल कहिले तयार हुन्छ आफूलाई थाहा नभएको उनी बताउँछन् । निर्माण कार्य पालिकाको क्षेत्राधिकारभन्दा बाहिर रहे पनि स्थानीयले समस्या भोग्दै आएकाले सम्बन्धित निकायलाई पटक-पटक अनुरोध गरे पनि सुनुवाइ नभएको उनी बताउँछन् । 

उनका अनुसार कालिगण्डकी कोरिडोर योजना अन्तर्गत तरङ्ग खोलाको पुलसँगै अन्य २० वटा पुल बनिरहेका छन् ।