close

काठमाडौंले ठेला खोसेको शर्मिलालाई धरानमा मेयरले एक महिनाको तलब दिने

काठमाडौंले ठेला खोसेको शर्मिलालाई धरानमा मेयरले एक महिनाको तलब दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। 

थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी तामाङको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । 

सामाजिक सञ्जालमा उनले ठेला जोगाउन गरेको अनुनयलाई महानगर प्रहरीले बेवास्ता गरेको भिडियो भाइरल भइरहेको छ । त्यसपछि शुक्रबार हर्कले फेसबुकमा स्टाटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्।  

महानगरपालिकाले पछिल्लो समय फुटपाथ र ठेलामा व्यापार गर्नेहरूलाई धरपकड बढाएको छ । मेयर साम्पाङलेलेखेका छन्, ‘यी बैनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे ।’