close

राप्तीमा तीन महिने निशुल्क कटाई सिलाई तालिम शुरु

राप्तीमा तीन महिने निशुल्क कटाई सिलाई तालिम शुरु

Trulli
ADVERTISEMENT

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा र ८ को पिपरीमा तीन महिने कटाई सिलाई सम्बन्धी सीप विकास तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सो तालिम सुरु भएको हो । 

'स्थानीय श्रोत र साधनको सदुपयोग गरौं,सीप सिकौं आम्दानी वृद्धि गरौं' भन्ने मुल नाराका साथ तालिम राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा समृद्व नेपाल दाङको आयोजनामा तालिम सुरु भएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष कमलापति चौधरीको विशिष्ठ आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको हो ।

तालिम उद्घाटन गर्दै अध्यक्ष विष्टले महिलाहरुलाई सिप मार्फत आत्मनिर्भर बनाउने उदेश्यले तालिम संचालन गरिएको बताउँदै  तालिममा सिकेको सिपलाई व्यवहारमा लैजान सके आर्थिक रुपमा समेतको सक्षम बन्न सकिने बताए ।

त्यस्तै उपाध्यक्ष चौधरी मानिसको जीवनमा सिप महत्त्वपूर्ण हुने भएकाले मेहनतका साथ निरन्तर तालिममा सहभागी हुन प्रशिक्षार्थीलाई आग्रह गरे । 


तालिममा पहरुवामा २० र पिपरीमा २० जना गरि जम्मा ४० जना महिलाहरु सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।