close

बालविवाह रोक्न बाललबालिकासँग अन्तरक्रिया

बालविवाह रोक्न बाललबालिकासँग अन्तरक्रिया

Trulli
ADVERTISEMENT

सल्यान । सिद्ध कुमाख गाउँपालिकामा बाल विवाह विरुद्धको अन्तरक्रिया सम्पन्न भएको छ । महिला तथा बालबालिका शाखाको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

 गाउँपालिका भित्र अझै पनि लुकिछिपी बालविवाह गर्ने समस्या अझै रहेको र बालबालिकाको माध्यमबाट सो कार्य रोक्न अन्तरक्रिया गरेको गाउँपालिकाका अध्यक्ष भरत गिरीले बताए । उनका अनुसार बालवालिकाको माध्यमबाट समाजमा जनचेतना फैलाउनका लागि अन्तरक्रिया गरेको हो  । 

उनले आगामी आर्थिक वर्षमा सडक नाटक,  बाल भेला  जस्ता चेतनामुलक कार्यक्रम गरी गाउँपालिकाबाट बालविवाहको अन्त्य गरिने बताए । तालिममा गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, शिक्षा शाखा प्रमुख प्रतिभा वली,  विभिन्न विद्यालयका बालबालिकाहरु लगायतको उपस्थिति रहेको थियो । 

तालिममा सहभागि बालबालिकाहरुले आफुले पनि २० वर्ष नहुदा सम्म विहे नगर्ने र अरुले गरेको थाहा पाएमा सम्वन्धित निकायमा गोप्य रूपमा सूचना दिने प्रतिवद्धता जनाएका छन ।