close

प्रसौनीका दलित बस्तीलाई गाउँपालिकाको सुरक्षित आवास

प्रसौनीका दलित बस्तीलाई गाउँपालिकाको सुरक्षित आवास

Trulli
ADVERTISEMENT

बारा- प्रसौनी गाउँपालिकाले दलित बस्तीको लागि सुरक्षित आवास बनाउने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुरुप दलित बस्तीलाई सुरक्षित आवास बनाउन लागेको हो । 

गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालको अनुसार सो कार्यक्रमको लागि गाउसभाबाट एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उनले चालू आर्थिक वर्षमा वडा नम्बर ५ का १० परिवारलाई सुरक्षित आवास बनाउन लागेको जानकारी दिए । 

‘उहाँहरुको आफ्नै जग्गा छ । तर घर बनाउनका लागि आवश्यक लगानी छैन,’ उनले पालिकाखबरसँग भने, ‘प्लाष्टिक टाँगेर ओत लागेर बस्नु भएको छ । यो वर्ष उहाँहरुको लागि घर बनाउने छौँ ।’

उनले घर निर्माणको लागि नक्सांकनको कार्य बाँकी रहेको उनले जानकारी दिए । सम्बन्धित व्यक्तिको जग्गामा नै पालिकाले घर बनाउने उनले सुनाए । उनका अनुसार गाउँपालिकाभित्र ५०० दलित परिवार रहेका छन् ।