close

लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम

लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम

Trulli
ADVERTISEMENT

दाङ- राप्ती गाउँपालिकामा लागूऔषध दुर्व्यसनी रोकथामकोे लागि सचेतनामूलका कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा लागू औषध दुर्व्यसनी रोकथाप अभियान नेपालीको प्राविधिक सहयोगमा  शुक्रबार पालिकाको सभाहल सो कार्यक्रम सम्पन्न भएको हो । 

युवा पुस्ताहरुलाई लागुऔषध दुर्व्यसनीबाट बचाउने उदेश्यले गाउँपालिकाले सो कार्यक्रम सम्पन्न गरेको जनाइएको छ । पालिकाले सरोकारवला निकायका प्रमुखहरुलाई एकै थलोमा राखेर उक्त सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको हो ।

नार्कोनन् अन्तर्राष्ट्रिय केन्द्रका दक्षिण एसिया प्रमुख बसन्तराज कुवरले कार्यक्रमका सहभागीहरुलाई लागुऔषध दुर्व्यसनीको प्रकार ,प्रयोग,असर र त्यसबाट बच्ने उपायहरूका बारेमा प्रशिक्षण दिएका थिए ।

 गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जनप्रतिनिधि, पालिका भित्रका विद्यालयहरुका प्रधानाध्यापक, सामाजिक विषय शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, विभिन्न संघ संस्थाका प्रमुख, पत्रकारहरु लगायतकाको सहभागीता रहेको जनाइएको छ ।