close

डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन

डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन

Trulli
ADVERTISEMENT

सप्तरी डाक्नेश्वरी नगरपालिक–४ का वडाध्यक्षको आइतबार निधन भएको छ । नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद राय अमातको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए ।

६५ वर्षका वडाध्यक्ष राय पछिल्लो ६ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार गरिँदै आएका थिए ।  

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी निर्वाचित भएका थिए ।