close

बाल क्लब र स्यानीटरी प्याडलगायतका लागि १५ लाख बजेट

बाल क्लब र स्यानीटरी प्याडलगायतका लागि १५ लाख बजेट

Trulli
ADVERTISEMENT

बाँके - जानकी गाउँपालिकाले चालू आर्थिक वर्षमा महिला तथा बालबालिकाको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महिला तथा बालबालिकाको हक तथा अधिकारको लागि गाउँपालिकाले सो बजेट ल्याएको हो । 

गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी सबिता श्रेष्ठका अनुसार सो बजेटबाट निर्धारित क्षेत्रको लागि सीमित मात्रै कार्यक्रम गरिने छ । उनले बालबालिकाको लागि बाल क्लब तथा बैठक, महिलाको लागि किशोरी लक्षित स्यानीटरी प्याड, अपांगका लागि सामग्री तथा परिचय पत्र र जेष्ठ नागरिकको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले पालिकाखबरलाई बताइन् । 

आफ्नो शाखामा कम बजेट भएकोले सोचे अनुरुपको योजना सञ्चालन गर्न नसकिने उनले बताइन् । गाउँपालिकाले विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेकोले सामाजिक क्षेत्रमा कम बजेट विनियोजन भएको उनको भनाइ छ ।