close

मासिक ७ हजार लिटर खानेपानी नि:शुल्क

मासिक ७ हजार लिटर खानेपानी नि:शुल्क

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरपालिकाले शारदानगर खानेपानी तथा सरसफाई आयोजनाका उपभोक्तालाई मासिक प्रतिघर ७ हजार लिटर खानेपानी निःशुल्क प्रदान गर्ने भएको छ । 

भरतपुर महानगरपालिका १९ स्थित शारदानगरमा रहेको खानोपानी आयोजनाका उपभोक्ता समिति र महानगरपालिकाबीच शुक्रबार प्रतिघर मासिक ७ हजार लिटर खानेपानी निःशुल्क गर्ने गरी सम्झौता भएको हो ।

महानगर प्रमुख रेनु दाहालको दोस्रो कार्यकालको पहिलो निर्णय नै महानगरबासीलाई प्रतिघर ७ हजार लिटर नि:शुल्क खानेपानी अनुदान दिने थियो । यस आयोजनाको उपभोक्ता समितिमा महिलामात्र रहेका छन् ।