close

एक हजार २९३ पशु पालकलाई ५६ लाख अनुदान

एक हजार २९३ पशु पालकलाई ५६ लाख अनुदान

Trulli
ADVERTISEMENT

मकवानपुर- मनहरीका कृषकहरुलाई दूध बिक्रीबापत यस वर्षदेखि गाउँपालिकाले प्रतिलिटर ३ रुपयाँ अनुदान दिन थालेको छ । विगतमा प्रति लिटर १ रुपयाँ देखि सुरु भएको उक्त अनुदान यस वर्ष प्रतिलिटर ३ रुपयाँ पुगेको छ । गाउँपालिकाले प्रत्येक साल अघिल्लो आर्थिक वर्षमा बिक्री वितरण गरिएको दूधको अनुदान रकम चालु आर्थिक वर्षमा वितरण गर्दै आएको छ ।

दुग्ध उत्पादक कृषक तथा दुग्ध संकलक कृषी सहकारी संस्थालाई अनुदानबापत एक हजार २९३ कृषकहरुले १८ लाख ६८ हजार ३७२ लिटर बिक्री गरेको दूधमा अनुदान वितरण गरीएको हो । गाउँपालिकाले प्रति लिटर ३ रुपयाँको दरले कुल ५६ लाख ५ हजार ११९ रुपयाँ अनुदान वितरण गरेको हो ।

गाउँपालिकाले दूधमा अनुदान वितरण गरेको कार्यक्रमले सामान्य दुग्ध उत्पादक कृषकहरुलाई त हौसला मिलेको छ ।