close

भालुको आक्रमणबाट ट्युसन पढ्न गएकी बालिका घाइते

भालुको आक्रमणबाट ट्युसन पढ्न गएकी बालिका घाइते

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- माप्यदूधकोशी गाउँपालिकामा भालुको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । 

माप्यदूधकोशी गाउँपालिका ५ की १३ वर्षीया एन्जल पुडासैनी आइतबार बिहान ५:३० बजे ट्युसन पढ्न जाने क्रममा वडा नम्बर ४ र ५ को सिमानामा पर्ने लोस्कुमा जंगलमा भालुले आक्रमण गर्दा घाइते भएकी प्रहरीले जनाएको छ । 

बालिकाको टाउको, ढाड, कुम, तिग्रा लगायतको ९ स्थानमा चोट लागेका पुडासैनीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । उनी रामपुर माविमा कक्षा ८ मा अध्यनरत छिन् ।