close

नगरप्रमुख आचार्यले गरे तालबाराही मन्दिरको शिलान्यास

नगरप्रमुख आचार्यले गरे तालबाराही मन्दिरको शिलान्यास

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त तालबाराही मन्दिर ८ वर्षपछि पुन:निर्माण गर्ने भएको छ । आज पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले मन्दिरको शिलान्यास गरेसँगै पुन:निर्माणले औपचारिकता पाएको छ । 

तालबाराही विक्रम सम्बत १४६७ मा स्थापना भई २०१४ सालमा निर्माण भएको थियो । २०७२ सालको भूकम्पबाट क्षति भएको ऐतिहासिक मन्दिरलाई  पुरानै स्वरूपमा निर्माण गर्न पुरातत्त्व विभागको समन्वयमा नयाँ मन्दिरको शिलान्यास गरिएको महानगरपालिकाले जनाएको छ । 

२ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त मन्दिरको लागत ९ करोड लाग्ने महानगरपालिकाले जनाएको छ ।