close

रुकुममा मृत्यु हुनेको संख्या ५२ पुग्यो

रुकुममा मृत्यु हुनेको संख्या ५२ पुग्यो

Trulli
ADVERTISEMENT

रुकुम पश्चिममा मात्र भूकम्पमा परी मृत्यु हुनेको संख्या ५२ पुगेको प्रहरीले जनाएको छ । साथै ६० जना घाइते भएका छन् । 

उद्धार र घटनाको विवरण संकलन गर्ने कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने उनले बताइन् । भूकम्पमा परी गम्भीर घाइते भएका रुकुम पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत अस्पताल पुर्‍याइएको छ । 

गएराति राति ११: ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६:४ म्याग्निच्युडको भूकम्प गएको हो । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ ।