close

भूकम्प अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु

भूकम्प अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

नेपालगञ्ज- भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको छ । 

भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको भेरी अस्पतालका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालमा थप उपचारका लागि ल्याएकामध्ये थप दुई जनाको अवस्था गम्भीर छ ।  

अस्पतालमा रुकुम पश्चिम, जाजरकोट, सल्यान जिल्लाबाट ल्याएका २७ जना बिरामीको उपचार भइरहेको र बिरामी आउनेक्रम जारी रहेको श्रेष्ठले बताए ।