close

भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुग्यो

भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुग्यो

Trulli
ADVERTISEMENT

जाजरकोट- जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको प्रहरीले जनाएको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार  भूकम्पमा परेका मानिसहरूको उद्धारकार्य करिब  सकिएको हुँदा प्रहरीले जाजरकोट र रुकुम पश्चिम गरी २ जिल्लमा १३८ मानवीय क्षति भएको हो । 

तर  रुकुम पश्चिममा भने मृतको संख्या बढ्न सक्ने प्रहरीले उल्लेख गरेको छ । दुईचार घरमा उद्धार कार्य बाँकी रहेकाले मृतकको संख्या केही बढ्न सक्ने प्रहरीको भनाइ छ । 

दुबै जिल्लामा गम्भीर र सामान्य गरी कम्तीमा डेढ सय जना घाइते भएका छन्। तीमध्ये ३० देखि ३५ जना गम्भीर घाइते छन्।