close

शुक्रबार रातिको भूकम्पपछि जाजरकोटमा १७५ परकम्प

शुक्रबार रातिको भूकम्पपछि जाजरकोटमा १७५ परकम्प

Trulli
ADVERTISEMENT

काठमाडौं- गएरातिको शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोटमा लगातार साना परकम्प गइरहेका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, गएराति ११:४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । 

त्यसयता पनि साना-ठूला परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रको तथ्याङ्कअनुसार, गए रातिदेखि आज अपराह्नसम्म १७५ वटा साना-ठूला परकम्प रेकर्ड भएका छन्।

त्यसमध्ये पाँच वटा चार म्याग्नेच्युडभन्दा ठूला परकम्प रेकर्ड भएका छन् ।