close

एउटै पालिकाका ४४ जनाको मृत्यु : आज सार्वजनिक बिदा

एउटै पालिकाका ४४ जनाको मृत्यु : आज सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आइतबार सार्वजनिक बिदा दिएको छ । साथै नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

नगरपालिकाभित्रका ४४ जना स्थानीयको मृत्यु भएपछि पूरै पालिका शोकमा डुबेको छ । साथै भूकम्पबाट विस्थापित भएकाहरू खुला आकाशमुनि रात कटाउन बाध्य छन् । नगरप्रमुख रवि केसीले सार्वजनिक विदा दिई उद्धारमा एकीकृत हुन आह्वान गरेको बताए ।

उनले कठिन परिस्थितिमा आ–आफ्नो ठाउँबाट राहत तथा उद्धारमा जुट्न नगरबासीलाई अनुरोध समेत गरेका छन् । भूकम्प पीडितको राहत तथा पुनःस्थापनाका लागि नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक–एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको नगरप्रमुख केसीले जानकारी दिए ।