close

सिन्धुपाल्चोकका ५ स्थानीय तहद्वारा भूकम्प पीडितलाई ४३ लाख

सिन्धुपाल्चोकका ५ स्थानीय तहद्वारा भूकम्प पीडितलाई ४३ लाख

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- जिल्लाका ५ स्थानीय तहले भूकम्प पीडितलाई ४३ लाख सहयोग गर्ने घोषणा गरेका छन् । 

बाह्रबिसे नगरपालिकाले १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख, बलेफी गाउँपालिकाले ५ लाख रुपैयाँ र जुगल गाउँपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने उल्लेख गरेका छन् । 

विपद्का बेला एक अर्कोको सहयोग महत्वपूर्ण रहने भन्दै जाजरकोट र रुकुम पश्चिमको पीडितका लागि राहतस्वरुप पीडामा मल्हम लगाउन जिल्लाका स्थानीय तहहरूले सहयोगको घोषणा गरेका बताएका छन् । 

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा गरी १५७ जनाको निधन भएको छ ।