close

भक्तपुरमा एक दिन अघि भाइटीका

भक्तपुरमा एक दिन अघि भाइटीका

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुर नगरपालिकाले एक दिन अगाडि किजापूजा अर्थात भाइटीका गर्ने भएको छ । नगरपालिकाका नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा आइतबार बसेको बैठकले कार्तिक २८ गते भाइटीका गर्ने निर्णय गरेको हो । 

 यस वर्षको तिहार (स्वन्ती) मनाउने विषयमा नगरपालिकाले  तलेजुका पुजारी नाइकेहरू तथा ज्योतिष डा वीरेन्द्रप्रसाद कायष्थ र ज्योतिष  केदारप्रसाद दैवज्ञसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

सो बैठकले तलेजुका पुजारी नाइकेहरूको सुझाव र तिथिअनुसार २०८० कार्तिक २६ गते अपरान्ह २ बजेर १४ मिनेटपछि औंसी लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कार्तिक २७ गते अपरान्ह २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले उक्त दिन साँझ म्हः पूजा गर्ने र कार्तिक २८ गते अपरान्ह २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकोले सो दिन किजापूजा गर्ने निर्णय गरेको जनाइएको छ ।