close

भूकम्पमा परी ज्यान गुमाउनेमध्ये ४९ प्रतिशत बालबालिका

भूकम्पमा परी ज्यान गुमाउनेमध्ये ४९ प्रतिशत बालबालिका

Trulli
ADVERTISEMENT

जाजरकोट- शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५३ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये बालबालिकाको संख्या झण्डै आधा बालबालिका परेका छन् । 

जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेमा ४६ जना अर्थात् ४३ प्रतिशत बालबालिका छन् भने रूकुम पश्चिममा २८ अर्थात ५३ प्रतिशत बालबालिकाले भूकम्पबाट ज्यान गुमाउनु परेको छ। 

रूकुम पश्चिम र जाजरकोट गरी ७४ जना बालबालिकाको मृत्यु भएको छ । यो संख्या कुल मृतकमध्ये ४८.३७ प्रतिशत हुन आउँछ ।