close

बुटवल उपमहानगरद्वारा भूकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण

बुटवल उपमहानगरद्वारा भूकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण

Trulli
ADVERTISEMENT

रुपन्देही- बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकाका भूकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ । 

भूकम्प पीडितलाई भेट्न पुगेका बुटवल उपमहानगरको टोलीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो।

आइतबार बसेको विपत् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राति पठाएको चामल, दाल, तेल, नुन, सोयाबिन, ब्ल्यांकेट र म्याट गरी एक ट्रक सामान मंगलबार हस्तान्तरण गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । 

प्रमुख पाण्डेयले उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, जनप्रतिनिधिले थप पाँच लाख रुपैयाँ र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णयअनुसार प्रभावित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा पठाइएको बताए ।