close

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न प्लाष्टिकको फूल प्रयोग गर्न रोक

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न प्लाष्टिकको फूल प्रयोग गर्न रोक

Trulli
ADVERTISEMENT

रुपन्देही - सियारी गाउँपालिकाले प्लास्टिकका र आयातित फूलमाला प्रयोग नगर्न आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

स्थानीय  क्षेत्रमा उत्पादित फूल तथा मालाले बजार नपाएपछि गाउँपालिकाले सो अनुरोध गरेको हो । गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी कसानलाई सहयोग गर्नका लागि सो अनुरोध गरेको जनाइएको छ ।

गाउँपालिकाले नेपालीहरूको महान चाड शुभ दीपावली, नेपाल संवत एवं छठ पर्वलाई सभ्य, शान्तिपूर्ण वातावरणमा एक आपसमा खुशी साटासाट गरी मनाउन आग्रह गरेको हो । 

पालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा चाडपर्वको समयमा चोरी, डकैतीका घटनाहरू हुने संभावना भएकोले आफ्नो घरको सुरक्षा प्रबन्ध बलियो बनाउन गाउँवासीमा अनुरोध गरिएको छ ।