close

काठमाडौं महानगरले दैनिक ५ घण्टा गस्ती गर्ने

काठमाडौं महानगरले दैनिक ५ घण्टा गस्ती गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गरी राती दैनिक ५ घण्टा गस्ती गर्ने भएको छ । महानगर प्रहरीलाई तिहारलाई सुरक्षित र मर्यादित बनाउन साँझ ८ बजेदेखि १ बजेसम्म गस्ती गर्न लागेको हो । 

शनिबार पत्रकार सम्मेलन गरी महानगर प्रहरीले गस्ती गर्ने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार पालिकाभित्रको सुरक्षाको लागि गस्ती गर्न लागेको हो । 

उनले महानगरपालिकाभित्र यस वर्ष  १ बजेसम्म देउसी भैँलो खेल्न पाउने जनाएका छन् । यसैगरी मखमली र सयपत्रीलगायत उत्पादित फूलको बिक्रीका लागि सहजीकरण गर्ने उनले जनाएका छन् ।