close

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

Trulli
प्रतिकात्मक फाइल
ADVERTISEMENT

झापा- कमल गाउँपालिका–३ सहिदगेट नजिकै भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । 

भैँसी र को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार ठोक्किँदा एकजना घाइते भएका छन् । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ ।

तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो । दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।