close

धनगढीमा आगलागी हुँदा करोडौंको क्षति

धनगढीमा आगलागी हुँदा करोडौंको क्षति

Trulli
ADVERTISEMENT

धनगढी- धनगढीमा विद्युत सर्ट भएर आगलागी हुँदा करोडौंको क्षति भएको छ । 

धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका ८ पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्टबाट भएको आगलागी नियन्त्रणका लागि धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको प्रयोग गरिएको छ ।