close

आज हिमपातको सम्भवाना

आज हिमपातको सम्भवाना

Trulli
ADVERTISEMENT

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

अहिले काठमाडौँको वायुको तापक्रम १७ डिग्री सेन्डीग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटर भन्दा धेरै रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा आंशिक बदली भइ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेन्डीग्रेडको बिचमा रहने मौसमविद् पुडासैनीले बताए । 

यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।